Webocreation

Wednesday, April 1, 2009

nepali jokes and sms in nepali language

nepali jokes and sms in nepali language

एक जना मान्छे हस्पिटलमा गएर डाक्टरसँग:
मान्छे: ५ किलो आलु दिनुस न।
डाक्टर:यहाँ आलु पाईदैन।
मान्छे:३ किलो मात्र भए पनि दिनुस न त:
डाक्टर:यहाँ आलु सालु पाईदैन भनेको..
त्यसपछि त्यो मान्छे त्यहाबाट गयो र एक अर्का मान्छे
आइपुग्यो र सोध्यो..
के भयो ...तपाई रिसाएको जस्तो देखिनुहुन्छ नि?
डाक्टर:मान्छे देखाउदै..त्यो मान्छे यहाँ मलाई आलु
मागेर हैरान नै गर्यो भन्या..?
दोस्रो मान्छे रिसाउदै: त्यसलाई त्यति नि थाहा छैन।
झन यहाँबाट प्याज लिएर आईज भनेर पठाको त।

एक भुगोलको शिक्षक अफ्नो क्लासमा अमेरिकाको बारेमा पढाउने वाला थियो।उसले पहिले एक ग्लोब लिएर आयो र
रामलाई बोलायो र ग्लोबमा अमेरिका दिखादन भन्यो।रामले ग्लोबमा अमेरिका पत्ता लगायो।
फेरि क्लासलाई आगडि बढाउन शिक्षकने सोघ्यो।
अमेरिका किसलाई कसले पत्ता लगाएको हो?
सबैले एकै स्वरमा भने:सर रामले


राम र श्याम कारमा जादै थिए।रामलाई आफ्नो कारको साइडलाईटले काम
नगरेको जस्तो लाग्यो।
रामले श्यामलाई कारको साइडलाईटले काम गरे नगरेको हेर्न भन्यो।
श्यामले झ्यालबाट बाहिर हेर्यो र भन्यो।
गरेको छ..गरेको छैन...गरेको छ..गरेको छैन...गरेको छ..गरेको छैन...

बाबु छोरासंग: जब म तिमीलाई कुटछु तब तिमी आफ्नो रिसलाई कसरी
काबुमा राख्न के गर्छौ?
छोरा:म टाव्ईलेट सफा गर्छु।
बाबु:यसले कसरी रिस शान्त हुन्छ त।
छोरा:म तपाईको दाँत माझ्ने बुरुसले सफा गर्छु नि त।

स्कुलको पहिलो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्।
शिक्षक:तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ
सबै बसिसहे तर राम उठे यो देखेर शिक्षकले रामलाई सोध्यो
शिक्षक:के तिमि आफु लाई मुर्ख ठान्छौ?
राम :होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।


FOR MORE CILCK ME