Webocreation

Monday, November 30, 2009

nepali jokes and fun


गाउँबाट भर्खरै शहर आएका एउटा केटा पसलमा गएछ:
केटा: साहुजी, यहाँ के-के पाइन्छ ?
साहुजी: यहाँ कोक, फेन्टा, पेप्सी... सबै पाइन्छ ।
केटा: त्यसोभए मलाई कोक र पेप्सी गरेर एक पाथी राख्दिनुस न ।

एउटा बालकले आफ्ना बाबासँग सोधेछन्:
बालक: बाबा, फेवाताल कहाँ छ ?
(हतारिँदै) बुबा: छोरा, घरको सबै कुरा तिम्रो आमालाई थाहा हुन्छ, उसैले कतै राखेकी होली ।


दुई प्रेमी प्रेमीका कोठामा बसिरहेका बेला प्रेमीले अकष्मात बत्ती निभाए:
प्रेमीका: तिमीले के गरेको यो ? बत्ती बाल मलाई डर लाग्छ ।
प्रेमी: तिमी नडराउन प्रिय, म छँदै छु नि ।
प्रेमीका: तिमी भएर त डराएको नि ।

नव विवाहित दम्पति शहर जान बस चढेछन्, बसमा भिँडभाँड भएकाले युवकले युवतीलाई अँगालो हालेर उभिएको थियो:
त्यो देखेर कण्डक्टरले भन्यो: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।
युवक: अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर ?

श्यामे: मैले मोबाइलमा नम्बर डायल गर्‌यो कि एउटी केटीले मलाई जिस्क्याउँछे यार ।
रामे: हो र ? के भन्छे त ?
श्यामे: तिमी आफै सुन न ।
रामे ले सुन्छ “माफ गर्नुहोला तपाँईले सम्पर्क गर्नुभएको मोवाइलको सुईच अफ गरिएको छ ।“

No comments:

Post a Comment