Webocreation

Saturday, November 27, 2010

Nepali proverb english version

घाँटी हेरी हाड निल्नु
Look at the neck and swallow the bone

खाई न पाई छालाको टोपी लाई
Eating na getting, putting leather cap

एक कान दुई कान मैदान
One ear two ear, playground

अछ्यु खाए बछ्यु खाए , झुसे बारुलो
Hornet ate bachhyu ate, hairy wasp

काग कराउदै गर्छ पिना सुक्दै गर्छ
Crow crying, pina drying

चिन्नु न जान्नु घचेडी माग्नु
Don't know don't know push and beg

भाग्यमानी को भूतै कमारो
Lucky person has ghost servant

म पनि खान्दानी को छोरा हो
I am also a son of Tiffin Carrier

कहिं नभाको जात्रा हाँडीगाउँमा
Nowhere festival in pot village

नखाँउ भने दिनभरिको शिकार , खाउँभने कान्छा बाउकोअनुहार
If no eat whole day's hunting, if eat face of uncle

हात्ती आयो हात्ती आयो फुस्सा
Elephant coming elephant coming phussa becoming


केटा केटी आए , गुलेली खेलाए , गुच्चाको नास
Boy girl come, play slingshot, loss of marble

जब भयो राती , तब बुढी ताती
When it becomes night, Wife becomes hot.

कस्लाई के को चिन्ता , घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tension, House son-in-law eating tension.

कस्को बाउको के तागत , म पनि खान्दानको छोरा हुँ
Whose father, what vitamin I'm the son of Tiffin Carrier

-संकलन : प्रज्ञा शर्मा

Nepali Jokes
प्रचण्ड काठमाण्डौमा पहिलो पटक प्रबेश गरे, आफैँ गाडी हाँक्दै ।
सुन्धाराबाट जमल दिन जानुपर्ने, भद्रकालीतिर पसिदिएछन् ।
शहीद गेटमा ट्राफिकले गाडी रोक्योः प्रचण्डलाई देख्नासाथ लल्याक लुलुक ।
हत्तपत्त वाकीटाकीबाट माथी जाहेर गर्छ: रोजर साब, यहाँ एउटा जान लागेको छ, साब ।
साब चाडै यहाँ आउनु पर्यो साब ।
साबः म किन आउनु पर्यो त, जाकि दे त त्यसलाई ।
ट्राफिकः तर, ठुलो मान्छेको गाडी हो साब ।
साबः लोकतन्त्रमा को ठुलो, को सानो ...कत्रो ठुलो हात्तीजत्रो ?
ट्राफिकः साब, ठट्टा नगर्नोस् न । म केही गर्न सक्दिन साब ।
साबः हैन, ठुलो मान्छे भनेको चाहीँ को त ?
ट्राफिकः खै साब, गाडी मालिकचाहीँ को हो थाहा भएन, प्रचण्डलाई नै चालक बनाएपछि
आफैँ गेस गर्नोस् न सर, कत्रो मान्छे होला !!


यमलोकरेष्टुरेन्ट एण्ड बार

यमलोक
रेष्टुरेन्ट एण्ड बार
यमनगर, यमलोक
फोन: ६ बाह्र छैन तेह्र
इमेल : amaraj@bhootmail.com
मिनु
उल्लुको छोएला: रु. ५० प्रतिप्लेट
भेज पकौडः रु. ७५ प्रतिप्लेट
(गोरुको तेलमा फ्राई गरिएको)
स्यालको फोक्सो: रु. ९० प्रतिप्लेट
चिराइतोको सुपः रु. ७० प्रतिडबका
गड्यौलाको अचारः रु. २० प्रतिचम्चा
भ्यागुता भुटेकोः रु. २५ प्रतिगाँस
गधाको पुच्छरसाँधेको: रु. १५ प्रतिपुच्छर
झिँगाको भुटन: रु. ४५ प्रतिप्लेट

बिशेष
अफर
बाख्राका बड्क्यौलाद्धारा निर्मित स्पेशल वाइनः रु. ८० प्रतिघ्याम्पा !!
दुई प्लेट गिद्धको रोष्टको साथमा एक बोतल यमरस सित्थैमा !!
आफु खानोस् र अरुलाई पनि खुवाउनोस्, परेको हामी ब्यहोर्छौ, पैसा तपाइ तिर्नोस् !!
एक पटक हाम्रो यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्: कहिल्लै फर्किएर आउनु हुन्न !!
- प्रो.चित्रगुप्त यमकर्मी


हसिँयाभन्दा सिधा


पुर्ने (लठेब्रो) छोरो पाएको १५ दिनमा बिदेश गयो ।
पाँच बर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न
अवस्थामा रोइरहेकी थिइन् ।

पुर्नेः के भो कोपिला ?
कोपिलाः मलाई हार्ट एट्याक भयो, ऐया......।
पुर्ने हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्नमात्र के लागेको हुन्छ,
५ बर्षको उनको छोरो मन्जिल आएर भन्योः
मञ्जिलः बाबा बाबा, सपन अंकल पल्लो कोठमा लुकेर कपडा लगाउँदै हुनुहुन्छ ।
उ फोन भुइँमा राखेर दौडदै श्रीमती भए ठाउँपुग्यो, हेर्यो र अर्को कोठामा पुग्यो,
नभन्दै त्यहाँ उसैको मित्र सपनपनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो ।
पुर्नेः (राता राता आँखा पार्दै) साले, तँ कस्तो साथी होस् यार ! उता मेरो श्रीमतीलाई
हर्ट एट्याक भइरहेको छ । तँ भने, केटाकेटी जस्तो कोठामा नांगै खेलेर बसेको
छस्....... जा............एम्बुलेन्स बोलाएर लिएर आइज !


नर्कमा टेलिफोन सेवा !!

हालै विश्वका धेरै देशका राष्ट्रप्रमुखहरु नर्कमा भेट भएछन् । धेरैबेर पछिको छलफल पछि सबैले आ-आफ्नो देशमा फोन सम्पर्क गर्ने निधो गरेर सबै टेलिफोन बुथतिर गएछन् ।
अमेरिकाको राष्ट्रप्रमुखले आफ्नो देशमा फोन लगाएछन्, दुइ मिनेट फोन गरेपछि २००० डलर बिल तिरे त्यसपछि चिनका राष्ट्रपतिको पालो आयो । उनले पनि दुइमिनेटको २०० डलर बिलतिरेछन् । अन्त्यमा नेपालका लाष्टपतीको पालो आयो । उनले पनि दुई मिनेट फोन गरेर बिल मागे ।
नर्कको अपरेटरले: ५ रुपिया दिनोस् ।
नेपाली लाष्टपती: यो त अचम्म भो ! नेपालीचाहीँ कसरी त्यति सस्तो ?
नर्कको अपरेटर: लोकल कल भएर !

तिरिमिरी झ्याँई

प्रश्नः
: प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तरः: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !

प्रश्नः
: हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?
उत्तरः: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !

प्रश्नः
: मिरोजजी, तपाईँको खास नाम चाहीँ के हो ?
उत्तर : मेरो खास नाम 'के हैन, मनोज हो !

प्रश्नः
: मैले तपाइँलाई चिनिहालेँ नि !
उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!


ल, उल्टो पर्यो नि

पहिलो पटक खप्परध्वज शहरको एउटा भब्य पार्टीमा पुग्यो । डिनर लिइरहेको बेला आफ्नो छेउमा उभिएर बियर तानिरहेको एक ब्यक्तिलाई उसले भन्योः
खप्परध्व्जः कस्तो जमाना आयो । उ त्यो केटोलाई हेर्नोस् न, कस्तो पोशाक लगाएको होला, ठ्याक्कै
केटीजस्तो देखिन्छ !
ब्यक्तिः (उक्त ब्यक्तिले अलि रिसाएजस्तो गरी जवाफ दियो) माफ गर्नोस् महासय, त्यो केटी नै हो,
र उ मेरी छोरी हो ।
(खप्पर अलि अलि डरायो र भन्यो)
खप्परध्व्जः (खप्पर अलि अलि डरायो र भन्यो) सरी है हजुर, । तपाईँ उसको बुवा हो भन्ने कुरा
मलाई थाहा थिएन ।
ब्यक्तिः (ब्यक्तिले जंगिदै भन्यो) तपाईँ मसँग जिस्किदै हुनुहुन्छ कि क्या हो ? म उसको बाबु हैन,
आमा हुँ !


लवलेटर हरु

प्रहरीको लवलेटर
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं,
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!
उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार 'काले'

कम्प्युटर अपरेटरको प्रेमपत्र
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड ' गोपाल'

ड्राइभरकोलवलेटर
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला,
बि.च.रा.४३२३

No comments:

Post a Comment